1हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ । 2पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर । 3परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
पवित्र बाइबल