1जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो, 2तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्‍यो । 3समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो । 4पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे । 5ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्? 6ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ? 7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो । 8उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्‍लिनुभयो ।