1हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर । 2खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ । 3परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं । 4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर । 5किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।