1हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु । 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन । 3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ । 4तिनीहरू जसले अरू ईश्वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्टहरू बढ्नेछन् । तिनीहरूका ईश्वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन । 5हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्नुहुन्छ । 6रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्चय नै मनोहर उत्तराधिकार मरै हो । 7मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ । 8हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्नेछैन । 9यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्दित छ । निश्चय नै म सुरक्षामा जिउनेछु । 10किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्नुहुनेछैन । तपाईंले आफ्नो विश्वासयोग्यलाई खाडल देख्न दिनुहुन्न । 11तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्छ । तपाईंको उपस्थितिमा प्रशस्त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ ।”