1यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे । 2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए । 3अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए । 4एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए । 5यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए । 6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए । 7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए । 8कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए । 9तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।” 10तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए । 11तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह, 12र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो । 13मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही 14पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । 15कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, 16यबूसी, एमोरी, 17गिर्गाशी, हिव्वी, अरकी, सिनी, 18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए । 19कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो । 20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए । 21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए । 22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए । 23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए । 24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने । 25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो । 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 27हदोरम, ऊजाल, दिक्ला, 28ओबाल, अबमाएल, शेबा, 29ओपीर, हवीला योबाबका पिता बने । 30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो । 31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए । 32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।