1हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार । 2नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे । 3दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे । 4ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो । 5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए । 6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो । 7पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको, 8तेस्रो हारीमको, चौथो सोरीमको, 9पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको, 10सातौं हक्‍कोसको, आठौं अबियाको, 11नवौं येशूअको, दशौं शकन्‍याहको, 12एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको, 13तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको, 14पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको, 15सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको, 16उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको, 17एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको, 18तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो । 19परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो । 20बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह । 21रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह । 22यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत । 23हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम । 24उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर । 25मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया । 26मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो । 27यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री । 28महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ । 29कीशबाट: कीशका छोराः यरहमेल । 30मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए । 31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।