1तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्दिरमा जाऔं” भन्दा म खुसी हुन्थें । 2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् । 3ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो । 4कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् । 5त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए । 6यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् । 7तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।” 8मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्नेछु, “तँभित्र शान्ति होस् ।” 9परमप्रभु हाम्रा परमेश्वरको मन्दिरको खातिर, म तेरो भलाइ खोज्नेछु ।