1शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्: 2सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश, 3शकन्याह, रेहूम, मरेमोत, 4इद्दो, गिन्नतोन, अबिया, 5मियामीन, मदाहा, बिल्गा, 6शमायाह, योयारीब, यदायाह, 7सल्लू, अमोक, हिल्कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए । 8लेवीहरू: येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह । मत्तन्याह आफ्ना सहयोगीहरूसँग धन्यवाद ज्ञापनका भजनहरूका जिम्मावाल थिए । 9तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवामा तिनीहरूका सामुन्ने उभिन्थे । 10येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्यासीबका पिता थिए । एल्यासीब योयादाका पिता थिए । 11योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए । 12योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्याह, 13एज्राका मशुल्लाम, अमर्याहका येहोहानान, 14मल्लूकका जोनाथन, शकन्याहका योसेफ, 15हारीमका अदना, मरेमोतका हल्कै । 16इद्दोका जकरिया, गिन्नतोनका मशुल्लाम, 17अबियाका जिक्री, मिन्यामीन र मोदाहाका पिल्तै, 18बिल्गाका शम्मूअ, शमायाहका यहोनातान, 19योयारीबका मत्तनै, यदायाहका उज्जी, 20सल्लूका कल्लै, अमोकका एबेर, 21हिल्कियाहका हशब्याह, यदायाहका नतनेल । 22एल्यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पुजारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए । 23लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए । 24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे । 25मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकानेर भएका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए । 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्त्री एज्राको पालोमा सेवा गरे । 27यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे । 28यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए । 29तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए । 30पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे । 31तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो । 32होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए, 33अनि अजर्याह, एज्रा, मशुल्लाम, 34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे । 35साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे । 36त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्त्री एज्रा सबैभन्दा अगाडि थिए । 37तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए । 38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म, 39र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए । 40यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ । 41त्यसपछि पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे । 42साथै, मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए । 43त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्न सकिन्थ्यो । 44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्न भए जो तिनीहरूका सामु खडा थिए । 45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे । 46किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो । 47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।