1दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे । 4हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत । 5यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । 7सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो । 8जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे । 9आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना, 10तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 11चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 12पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 13छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा १२ जना, 14सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 15आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 16नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 17दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा बाह्र जना, 18एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 19बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 20तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 21चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 22पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 23सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 24सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 25अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 26उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 27बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 28एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 29बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 30तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 31चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।