1बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह, 2नोहा र रफाका थिए । 3बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, 4अबीशू, नामान, अहोह, 5गेरा, शपूपान र हुराम थिएन । 6एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: 7नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए । 8आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने । 9सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम, 10यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए । 11तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए । 12एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) । 13बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए । 14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, 15जबदियाह, आराद, एदेर, 16मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए । 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर, 18यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए । 19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी, 20एलीएनै, सिल्‍लतै, एलीएल, 21अदायाह, बरायाह र शिम्रात थिए । 22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल, 23अब्‍दोन, जिक्री, हानान, 24हनन्‍याह, एलाम, अन्‍तोतियाह, 25यिपदिया र पनूएल । 26यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह, 27यारेश्‍याह, एलिया र जिक्री । 28यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए । 29गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो । 30तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, 31गदोर, अहियो, र जेकेर, थिए । 32यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे । 33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए । 34जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 35मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए । 36आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 37मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 38आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए । 39तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए । 40ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।