58
प्रमुख संगीतकारलाई: “ध्वंश नगर” रागमा। दाऊदको मिक्तम् भन्ने भजन।
1 हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ।
तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
2 होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ।
तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।
तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
4 तिनीहरूको क्रोध सर्पको विष जस्तै डरलाग्दो छ।
साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन।
अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्
यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।
तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।
8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्।
तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।
9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू
जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ
तब धार्मिक मानिस खुशी हुन्छ।
उ सबै शत्रुहरूलाई परास्त गर्ने
सिपाही जस्तो हुनेछ।
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन,
परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”